सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काभ्रेका मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ

काभ्रेका मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ

1670
Shares
काभ्रेका मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ

काभ्रेका मुख्य नाकाहरुमा सुरक्षा निकायले जाँचमा कडाइ गर्न थालिएको छ ।।

भोलि एकै दिन राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काभ्रेको साँगा लगायत मंगलटार, काभ्रेभञ्ज्याङ, भकुण्डे, दोलालघाट, तामाघाटमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

काठमाडौं उपत्यका प्रवेश गर्ने साँगामा गाडीमा विशेष जाँच गर्न थालिएको डिएसपी राजकुमार श्रेष्ठले सबैको समाचारलाई जानकारी दिनुभयो ।

डिएसपी श्रेष्ठका अनुसार गाडीमा चेकजाँच सहित आवश्यक शान्ति सुरक्षाका लागी सबै संयन्त्र परिचालन गरिएको छ । भोलि विहिबार नेकपा एमाले निकट युवा संघ र व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको समूहले काठमाडौंको तीनकुने र बल्खुमा प्रदर्शन गर्दैछ ।

1670
Shares

ट्रेन्डिङ