सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड 

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड 

750
Shares
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड 

आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । 

सोमबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्यले साढे ६ महिनाअघिको रेकर्ड पनि तोड्न सकेको छैन । वैशाख २२ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २०५० डलर हाराहारीमा रहेको सुनको भाउ मंगलबार २०१५ डलर हाराहारीमा छ ।

यसअघि ११ कात्तिकमा सुनको मूल्यले प्रतितोला १ लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ पुगेको छ ।

750
Shares

ट्रेन्डिङ