सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अनलाइनमार्फत यौन व्यवसाय, काभ्रेका दुई ‘नाइके’ पक्राउ

अनलाइनमार्फत यौन व्यवसाय, काभ्रेका दुई ‘नाइके’ पक्राउ

2230
Shares
अनलाइनमार्फत यौन व्यवसाय, काभ्रेका दुई ‘नाइके’ पक्राउ

काठमाडौँ । विभिन्न सामाजिक सञ्जाल अर्थात अनलाइन माध्यम प्रयोग गरेर यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरु यस्तो कार्य गराउने कार्यमा संलग्न ‘नाइकेहरु’ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका ४ का सुरेश कुमार श्रेष्ठ र काठमाडौँको कलंकीका सुरज खड्का रहेका छन् ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि पनि प्रहरीले सो कार्यमा संलग्न ५ जनालाई पक्राउ गरेको थियो ।

2230
Shares

ट्रेन्डिङ