सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • टिकटक प्रतिबन्धविरुद्ध आजदेखि सुनुवाइ

टिकटक प्रतिबन्धविरुद्ध आजदेखि सुनुवाइ

805
Shares
टिकटक प्रतिबन्धविरुद्ध आजदेखि सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइ हुँदैछ ।

करिव एक दर्जन रिट निवेदनमाथि सर्वोच्च अदालतमा दर्ता भएका  रिट निवेदनमाथि एकसाथ सुनुवाइ गर्ने तयारी भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबन्धको निर्णयको बचाउ गर्दै सञ्चार मन्त्रालय लगायतले टिकटकबाट सामाजिक सद्भाव बिथोलिएको र मर्यादामा आँच आएकाले सरकार बाध्य भएर प्रतिबन्धको निर्णयमा पुगेको दावी गरेका छन् ।

यसअघि अन्तरिम आदेश दिन अस्विकार गरेको एकल इजलासले मुद्दालाई प्राथमिकतामा राखी सुनुवाइका लागि आजको मिति तोकेको थियो ।

805
Shares

ट्रेन्डिङ