सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • शिक्षकको घरमा भोज खाँदा गाउँले बिरामी

शिक्षकको घरमा भोज खाँदा गाउँले बिरामी

3880
Shares
शिक्षकको घरमा भोज खाँदा गाउँले बिरामी

१३ भदौ, भोजपुर । भोजपुरको पूर्वी पौवादुङ्मा गाउँपालिका वडा नं. ५ सानोदुम्मा थर्पूमा स्थानीय एक शिक्षकको घरमा भोज खाँदा ३० जनाभन्दा बढी गाउँले विमारी परेका छन् ।
थर्पू स्कूलका शिक्षक लेखनाथ कोइरालाकी छोरीले कृषि बिज्ञान विषयको प्रवेश परीक्षा पास गरेको खुशियालीमा घरमा आयोजना गरेको भोजमा सहभागी झण्डै ३० जना विमारी परेका हुन् ।
विद्यालयका प्रधानाध्यापक अर्जुन राई, अन्य स्टाफहरु, विद्यार्थी र केहि अभिभावक बिरामी भएको स्थानीय ज्ञानेन्द्र राईले बताए । विमारीमध्ये १७ जनामा अचेत हुने समस्या देखिएको छ । उनीहरुलाई सदरमुकामको भोजपुर अस्पताल ल्याइएको छ ।
त्यस्तै अन्यलाई अरुण गाउँपालिकाको प्याउली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ । ५/७ जना सामान्य बिरामी भएकाले स्थानीयस्तरमै सामान्य उपचारपछि घर फर्किएका छन् ।
भोजमा कुखुराको मासु, चिउरा र चिसो पेय पदार्थ -ड्यु) रहेको प्रहरीले बताएको छ । फुड पोइजनका कारण बिरामी भएको हुनसक्ने अनुमान गरिएको छ ।अनलाइनखबर बाट

3880
Shares

ट्रेन्डिङ