सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

685
Shares
सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाण्डाै | साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

685
Shares

ट्रेन्डिङ