सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आज देशभर कहाँको मौसम कस्तो ?

आज देशभर कहाँको मौसम कस्तो ?

690
Shares
आज देशभर कहाँको मौसम कस्तो ?

काठमाडौं, पुस ११ : आंशिक बदली भई आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको हुने छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी भूभागको मौसम भने सफा रहनेछ । राति कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जनाएको छ । अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सफा छ।

भोलि (बिहीबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

690
Shares

ट्रेन्डिङ