सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • चितवनमा बोराभित्र भेटिएका शवको पहिचान

चितवनमा बोराभित्र भेटिएका शवको पहिचान

785
Shares
चितवनमा बोराभित्र भेटिएका  शवको पहिचान

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको छ ।

हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ ।

चितवनको भरतपुरमा व्यापार गरेर बस्ने उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरेर कल्भर्ट मुनि फालिएको पाइएको प्रहरीले जनाएको छ । शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच नै सार्वजनिक गरेको थियो ।

शवको ३ हप्ता अघि नै पहिचान खुले पनि प्रहरीले हत्यारा पक्राउ नपरेका कारणले सार्वजनिक गरेको थिएन । अहिले हत्यारालाई भारतबाट नै पक्राउ गरिएको चितवन प्रहरीका एक अधिकृतले बताएका छन् ।

785
Shares

ट्रेन्डिङ