सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • माघ १ गतेदेखि मेलम्चीको पानी उपत्यकावासीका धारामा

माघ १ गतेदेखि मेलम्चीको पानी उपत्यकावासीका धारामा

675
Shares
माघ १ गतेदेखि मेलम्चीको पानी उपत्यकावासीका धारामा

काठमाडौं । मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले माघ १ गतेदेखि पुनः पाउने भएका छन् ।

मेलम्चीको पानी पुनर्वितरणको प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्ने कार्यक्रम छ । पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो । मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं नल्याइएपछि खानेपानीको अभाव झेल्दै आएका उपत्यकावासी प्रदर्शनमा उत्रिएका थिए ।

675
Shares

ट्रेन्डिङ