सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धुलिखेलको भट्टेडाँडा क्षेत्रमा चल्यो डोजर, द्धारिका होटलदेखि सरकारी कार्यालयका अवैध संरचना भत्काइयो

धुलिखेलको भट्टेडाँडा क्षेत्रमा चल्यो डोजर, द्धारिका होटलदेखि सरकारी कार्यालयका अवैध संरचना भत्काइयो

2470
Shares
धुलिखेलको भट्टेडाँडा क्षेत्रमा चल्यो डोजर, द्धारिका होटलदेखि सरकारी कार्यालयका अवैध संरचना भत्काइयो

धुलिखेल नगरपालिकाले वडा नम्बर ८ मा सडक मापदण्ड विपरित बनेका संरचना हटाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले जेठ १८ गते नै पिपल बोटदेखि भट्टेडाँडा सडक अन्तर्गत पर्ने द्धारिका होटलले मापदण्डभित्र पर्ने गरी निर्माण गरेका सबै संरचना हटाउन ७ दिने अल्टिमेटम सहितको सूचना जारी गर्नुभएको थियो । तर उक्त सूचना कार्यान्वयनमा ढिलाई भएपछि नगरपालिकाले डोजर चलाइएको हो ।

वडा अध्यक्ष विनोद गौतम, नगरप्रहरी तथा स्थानीयको उपस्थितिमा पिपल बोटदेखि भट्टेडाँडासम्म सडक मापदण्डभित्र पर्ने संचना हटाइएको हो । सडकको मापदण्डभित्र परेको संरचना हटाउन ढिलाई हुँदा सडक विस्तारको काम समेत रोकिएको थियो ।

संघीय समानिकरण अन्तर्गत नगरपालिकाको समेत आधा लगानी रहेको यो सडक निर्माणको काम संरचना नहाउँदा रोकिएको थियो । सडकमा झण्डै ३ करोड ७५ लाख बराबरको ठेक्का लागेको छ । सिंचाई डिभिजन, द्धारिका होटलदेखि सडक मापदण्डभित्र परेका सबै संरचना हटाइएको वडा अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

‘यो एक वर्षअघिदेखिको प्रयास हो । धेरै पटक सूचना जारी गर्यौ । तर सम्बन्धित धनीले कुनै चासो दिएनन् । बजेट नै फिर्ता जाने अवस्था आइसक्यो । विस्तार भएका ठाउँमा सडक हिलाम्मे र धुलाम्मे भइरहेका छन् । घरधनीले अटेर गरेपछि हामीले डोजर लगाएका हौँ । नाप जाँच गरेर कोहीको धेरै, कोहीको थोरै भन्ने छैन् । सम्मान हिसाबले मापदण्डभित्रका संरचना हटाएका छाँै । अब सडकको थप काम अघि बढ्छ ।’ वडा अध्यक्ष गौतमले भन्नुभयो ।

सारथी होटलदेखि भट्टेडाँडासम्म सडक पिच हुनेछ । पक्की ड्रेन सहितको सडक निर्माणका लागि ठेक्का भएको हो । सडक विस्तारको काम पूरा नहुँदा यात्रुले निकै सास्ती खेल्दै आइरहेका छन् ।

2470
Shares

ट्रेन्डिङ