सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एनसेलको शेयर बिक्री कार्यान्वयन नगर्ने अन्तरिम आदेशलाई निरन्तरता

एनसेलको शेयर बिक्री कार्यान्वयन नगर्ने अन्तरिम आदेशलाई निरन्तरता

395
Shares
एनसेलको शेयर बिक्री कार्यान्वयन नगर्ने अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं | एनसेलको पछिल्लो शेयर खरिद बिक्री सम्झौता कार्यान्वयन नगर्नु भन्ने अल्पकालिन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता दिएको छ ।

न्यायाधीशहरु शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले कानूनी व्यवस्थाको परिपालना र स्वामित्व परिवर्तनको विषय देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

उच्च अदालत पाटनले रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म अन्तरिम आदेशले निरन्तरता पाउने भनेको छ । उच्च अदालतले संवेदनशील विषयवस्तु रहेको भन्दै मुद्दालाई अग्राधिकारमा राख्न आदेश समेत दिएको छ ।

395
Shares

ट्रेन्डिङ