सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मिटरब्याजको विवाद अब प्रहरीले हेर्ने

मिटरब्याजको विवाद अब प्रहरीले हेर्ने

505
Shares
मिटरब्याजको विवाद अब प्रहरीले हेर्ने

काठमाडौं । मिटरब्याज सम्बन्धी विवाद अब जिल्ला प्रहरी कार्यालयले हेर्ने भएको छ ।

मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग’ को म्याद सकिएपछि गृह मन्त्रालयले बाँकी रहेका र नयाँ आउने उजुरी हेर्ने र विवाद निरुपण गर्ने जिम्मा प्रहरीलाई दिएको हो ।

मिटरब्याज सम्बन्धी उजुरी संकलन तथा फर्स्योटका लागि कार्यसम्पादन कार्यविधि’ जारी गरेको छ, जसमा जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा पठाएर विचाराधीन रहेको उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाउने उल्लेख छ ।

हाल विचाराधीन र नयाँ दर्ता हुने मिटरब्याजका उजुरीहरुमा प्रहरीले मेलमिलापको प्रयास गर्नेछ । निश्चित समयमा मेलमिलाप हुन नसकेमा आवश्यक प्रमाण संकलन गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने कार्यविधिमा उल्लेख छ ।

गृह मन्त्रालयले नयाँ कार्यविधि सबै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमा पठाएर त्यसअनुसार गर्न समेत निर्देशन दिएको छ ।

505
Shares

ट्रेन्डिङ