सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • छोराको कुटपिटबाट बाबुको मृत्यु

छोराको कुटपिटबाट बाबुको मृत्यु

470
Shares
छोराको कुटपिटबाट बाबुको मृत्यु

सुनसरी | सुनसरीको इनरुवा-८ मा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । इनरुवा-८ गणेशपुर टोलका चिबु सदाले घरायसी विवादको क्रममा बाबु ७० वर्षीय चिलिया रिसीदेव सदालाई यही माघ ११ गते कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका चिलियाको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

फरार रहेका २१ वर्षीय सदालाई सोमबार नै बराहक्षेत्र-५ स्थित भरौलबाट पक्राउ गरिएको भण्डारीले जानकारी दिए ।

470
Shares

ट्रेन्डिङ