सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय

बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय

440
Shares
बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय

काठमाडौँ | बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय भएको छ ।

४० बर्षिय आल्भेजलाई विहिबार बार्सिलोनास्थित अदालतले साढे ४ बर्षको जेल सजाय सुनाएको हो ।

आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरी देखि हिरासतमा रहेका छन् ।

आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दाबि गरेपनि २३ बर्ह्सिय महिलाले ३१ डिसेम्बर २०२२ मा नाइट क्लबमा आल्भेजले आफुलाई बलात्कार गरेको आरोप लगाउदै उजुरी गरेकी थिइन् ।

अदालतले सजायका अलावा एक लाख ५० हजार युरो पिडितलाई क्षतिपुर्ति दिन समेत आदेश दिएको छ ।

आल्भेजका वकिलहरुले भने आफुहरुले फैसलाको बार्सिलोना अदालतमा अपिल गर्ने बताएका छन् ।

440
Shares

ट्रेन्डिङ