सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • गाँजा बोक्ने एम्बुलेन्स नियन्त्रणमा

गाँजा बोक्ने एम्बुलेन्स नियन्त्रणमा

480
Shares
गाँजा बोक्ने एम्बुलेन्स नियन्त्रणमा

सुनसरी  ।  सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । 

आइतबार बिहान सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।  चतराबाट सूर्यकुण्ड जाने भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी. गाँजा सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको हो । 

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए । 

480
Shares

ट्रेन्डिङ