सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • भोजमा माछा नभएको भन्दै बेहुली नलिई फर्कियो जन्ती

भोजमा माछा नभएको भन्दै बेहुली नलिई फर्कियो जन्ती

475
Shares
भोजमा माछा नभएको भन्दै बेहुली नलिई फर्कियो जन्ती

पर्सा । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका ४ को मधवल गाउँमा बिहे बहिष्कार गरी जन्ती खाली हात फिर्ता गएका छन् ।

जन्तीमा आएकाहरुले खानामा माछा नपाएको कारण भनाभन हुँदै कुटापिटमा परिणत भएको थियो । कुटापीटमा बेहुलाका बुबा घाइते  भएपछि बिहेनै नगरी जन्ती खालीहात फिर्ता हुने अवस्था आएको थियो।

कुटपीट भएपछि जन्तीहरु सबैजना भागेका थिए । जन्ती भागेको देखेर बेहुली पक्षका मानिसहरुले बेहुलालाई घरमै थुनेर राखेका थिए । घटनाको खबर पाएर तत्काल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर मोहन विक्रम केसीको कमाण्डमा गएको टोलीले बेहुलाको उद्दार गरी प्रहरी कार्यालयमा सुरक्षित राखेका  थिए ।

इलाका प्रहरी कार्यालय पोखरीयामा हिजो मंगलबार दुईपक्ष बिच छलफल हुँदा बेहुलीले बिहे गर्न इन्कार गरेपछि जन्ती सहित बेहुला आफ्नो घर फर्केको इन्स्पेक्टर केसीले बताएका छन। 

475
Shares

ट्रेन्डिङ