सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव

स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव

335
Shares
स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।

यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो । गिरीले सुरुमा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । तर पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य मन्त्रालय उपेन्द्र यादवलाई दिनुपर्ने भन्दै गिरीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकिदिएका थिए ।

जसपाबाट अर्को मन्त्रीको रुपमा प्रदीप यादव र नवलकिशोर यादव मध्ये एकजना जाने सम्भावना छ ।

जसपामा राज्यमन्त्री लिएर सुशीला श्रेष्ठलाई पठाउनेबारे पनि छलफल भइरहेको नेताहरु बताउँछन् ।

335
Shares

ट्रेन्डिङ