सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बसको ठक्करबाट घाइते ट्राफिक प्रहरी नायब निरीक्षक खत्रीको मृत्यु

बसको ठक्करबाट घाइते ट्राफिक प्रहरी नायब निरीक्षक खत्रीको मृत्यु

340
Shares
बसको ठक्करबाट घाइते ट्राफिक प्रहरी नायब निरीक्षक खत्रीको मृत्यु

काठमाडौँ । कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपबहादुर खत्रीको मृत्यु भएको छ । 

फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो ।

बसका चालक  नवराज गिरी लाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

340
Shares

ट्रेन्डिङ