सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण सुस्माको हत्या, झुक्याउनलाई नक्कली बिहेको फोटो पोस्ट

प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण सुस्माको हत्या, झुक्याउनलाई नक्कली बिहेको फोटो पोस्ट

380
Shares
प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण सुस्माको हत्या, झुक्याउनलाई नक्कली बिहेको फोटो पोस्ट

शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोहि गाउँका २१ वर्षीय रुपेन्द्र लामा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न लामालाई सार्वजनिक गरेको छ ।

बुढानिलकण्ठ मा.विमा कक्षा ११ मा अध्ययनरत तारेभिरकै स्थानीय रहेकी सुस्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएकी थिइन् । उनको परिवारले उनी हराएको भन्दै खोजी गरिदिन बौद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही क्रममा गत फागुन २५ गते प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा १८ वर्षीया लामाको शव फेला पारेको थियो ।

उनको शव गाडिएको अवस्थामा जंगलमा गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै प्रहरीले उनको शव डोरीले बाँधेको अवस्थामा फेला परेको थियो । प्रहरीले उनको हत्या भएको हुन सक्ने आंशकामा अनुसन्धान सुरु गरेको थियो ।

सुष्मा र पक्राउ परेका युवक रुपेन्द्र एकै ठाउँका बासिन्दा हुन् । प्रहरीका अनुसार उनीहरु बाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा सँगै जाने गर्थे । टेलिफोन र सामाजिक सञ्जालबाट पनि कुराकानी हुने गरेको थियो ।

छिल्लो आठ महिनायता भने रुपेन्द्रले सुष्मालाई प्रेमिकाको रुपमा हेर्ने गरेको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । तर सुष्माले भने रुपेन्द्रसँग प्रेम सम्बन्ध चाहेकी थिइनन्

रुपेन्द्रले सात दिनसम्म सुष्माको गतिविधिको अध्ययन गरेको अनुसन्धानबाट खुलेको छ । सुष्माले पढ्ने बुढानीलकण्ठ मावि जाने बाटो कुरेर बस्ने गरेको, अन्य व्यक्ति देखेकाले सफल नभएको र आठौं दिनमा हत्या गरेर शव गाडेको वयान रुपेन्द्रले प्रहरीसमक्ष दिएका छन् ।

सुष्मा २२ माघमा घरबाट कलेज गएदेखि फर्केकी थिइनन् । २३ माघमा उनको फेसबुक आइडीबाट बेहुला बेहुलीको कपडा लगाएको फोटो पोस्ट भएको थियो । बेहुलाको अनुहारमा इमोजी राखेर छोपिएको थियो भने क्याप्सनमा लेखिएको थियो, ‘सरी सबैजनालाई ३ दिनमा म आउँछु ।’

त्यसको ३ दिनपछि २५ माघमा परिवारका सदस्यले सुष्मा हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

सुष्माको शव पहिचान भएपछि प्रहरीले फेसबुकमा पोस्ट भएको फोटोकै आधारमा अनुसन्धान अघि बढाएको थियो । त्यसपछि प्रहरीले सुष्मासँग कुराकानी हुने व्यक्ति र उनका साथीहरुको खोजी गर्दै एक सय जना भन्दा बढीसँग सोधपुछ गरेको थियो । 

पुरै गाउँ नै सर्च गरेपछि रुपेन्द्रलाई घरैबाट पक्राउ गर्न सफल भयौैं । उनैको कोठाबाट सुष्माका कापी किताब समेत बरामद भएपछि झनै सजिलो भयो’, एसएसपी राठौरले भने ।

पक्राउ परेका रुपेन्द्रलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाउन प्रहरी वृत्त बौद्ध पठाइएको उनले जानकारी दिए ।

380
Shares

ट्रेन्डिङ