सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • लामिछाने र पुनलाई मन्त्रीबाट बर्खास्त गर्न माग गर्दै राके जुलुस

लामिछाने र पुनलाई मन्त्रीबाट बर्खास्त गर्न माग गर्दै राके जुलुस

365
Shares
लामिछाने र पुनलाई मन्त्रीबाट बर्खास्त गर्न माग गर्दै राके जुलुस

काठमाडौँ | नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वर्तमान सरकारका मन्त्रीहरू काण्डै काण्डमा मुछिएको भन्दै बर्खास्तको मागसहित राके जुलुस निकालेको छ ।

नेविसंघले मंगलबार सहकारीको रकम अपचलन गरेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र सुन काण्डमा मुछिएका अर्थमन्त्री वर्षमान पुनलाई तत्काल बर्खास्त गर्न माग गर्दै रोके जुलुस निकालेको हो ।

पाटन क्याम्पस गेट अगाडिबाट नाराबाजीसहित राके जुलुस निकालिएको नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैनिले बताए ।

वर्तमान सरकारका मन्त्रीहरू सहकारीको रकम अपचलन, सुन तस्कर, दोहोरो नागरिकता लगायतका काण्डै काण्डमा मुछिएकाले राजीनामाको माग गरिएको उनले बताए ।

‘वर्तमान सरकार काण्डै काण्डका नाइकेहरूको जथ्था भयो । तत्काल विभिन्न आरोप लागेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गरिनुपर्छ भन्ने हाम्रो माग हो । त्यसैको विरोध स्वरूप हामीले राके जुलुस निकालेका छौँ,’ नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भने ।

उनीहरूलाई बर्खास्त नगरिए निरन्तर आन्दोलन जारी राख्ने नेविसंघले जनाएको छ ।

365
Shares

ट्रेन्डिङ