सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • आज मनकामना केबलकार बन्द: नियमित मर्मतसम्भार को काम हुँदै

आज मनकामना केबलकार बन्द: नियमित मर्मतसम्भार को काम हुँदै

235
Shares
आज मनकामना केबलकार बन्द: नियमित मर्मतसम्भार  को काम हुँदै

काठमाडौं । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने र बिहीबारदेखि नियमित सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ।

मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट वि.सं. २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो।

235
Shares

ट्रेन्डिङ