सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • धुलिखेल ११ पात्लेखेतमा यो वर्ष ४० ओटा आयोजनाहरु संञ्चालन हुने

धुलिखेल ११ पात्लेखेतमा यो वर्ष ४० ओटा आयोजनाहरु संञ्चालन हुने

6600
Shares
धुलिखेल ११ पात्लेखेतमा यो वर्ष ४० ओटा आयोजनाहरु संञ्चालन हुने

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतमा यो वर्ष साना ठुला गरि ४० ओटा आयोजनाहरु संञ्चालन हुने भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा वडा स्तरीय,नगर स्तरीय, प्रदेश र संघ सरकार बाट बिनियोजित बजेट अनुसार ४० ओटा आयोजनाहरु संञ्चालन गर्न लागीएको वडा अध्यक्ष विष्णु धितालले बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिएर दोस्रो चौमासिक सुरु भए संगै बिकास निमार्णका कामहरु सुरु भएका छन् ।

वडामा संञ्चालन हुने खानेपानी आयोजना अन्तर्गत पण्डीत चौर ,आरुबोट,तिल खोरिया ,तिवारी टोल लगायत वडामा खानेपानि उपभोक्ता समिति गठनको काम सकिएको छ । यस्तै वडा भित्रका बिभिन्न सडक खण्डहरु मर्मत संभार र स्तर उन्नतीका लागी काम सुरु भएको छ । आरुबोट देखि तिल खोरिया सम्मको ग्रामिण सडक मर्मत संभार र स्तर उन्नतीका लागी ३० लाख रुपौया बजेट बिनियोजन गरिएको वडा अध्यक्ष धितालले बताउनुभयो ।

डाँडाँगाँउ–कल्छे–तिनपिप्ले जोड्ने सडक मर्मतमा लागी टेन्डर प्रक्रिया सुरु भईसकेको छ । यस्तै शान्तीपुर ढुङ्गाना गाँउ सडक मर्मत सम्भारका लागी समिति गठन भईसकेको छ । कालिदेवि विद्यालय हुदै पण्डीत गाँउ जाने सडकका लागी १० लाख,स्वास्थ्य चौकी बाटा नमोबुद्ध जाने सडक हुदै थुजेछे गुम्बा जाने सडकका लागी ११ लाख बिनियोजन गरिएको छ । वडा,नगर,प्रदेश र संघ बाट बिभिन्न क्षेत्रका लागी बिनियोजन गरिएको बजेटका आयोजनाहरु संञ्चालनको क्रममा रहेको उहाँले बताउनुभयो ।

6600
Shares

ट्रेन्डिङ