सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

कीर्तिनिधि विष्टको निधन

7570
Shares
कीर्तिनिधि विष्टको निधन

काठमाडौं– पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ । राप्रपा प्रजातान्त्रिकका वरिष्ठ नेता केशर बहादुर विष्टले उनको निधन भएको पुष्टि गरे । ‘उहाँको आज आज १० बजे घरमै निधन भएको मलाई उहाँको छोरा विनोदले जानकारी गराउनु भएको छ’, विष्टले भने, ‘उहाँको निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको छ।’

विष्ट वि.सं २०२५–२०२६, २०२८–२०३० र २०३४–२०३६ सालमा तीन पटकसम्म प्रधानमन्त्री भएका थिए । ९० वर्षीय विष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । निधिको ज्ञानेश्वरस्थित आफ्नै निवासमा शनिबार निधन भएको हो । विसं १९८३ माघमा जन्मिएका विष्ट राष्ट्रवादी नेताका रुपमा चिनिन्थे ।
उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुनुपर्नेमा माग गरिएको छ । उनी राष्ट्रवादी नेताको अन्त्येष्टिमा सरकारले उपयुक्त निर्णय गर्नुपर्ने परिवार र सुभेच्छुकको धारणा छ ।

परिवारले सरकारको अहिलेसम्म जवाफ नआएकाले अन्तिेष्टिबारे कुनै निर्णय नगरिसकेको बताइएको छ ।

-रातो पाटी बाट

7570
Shares

ट्रेन्डिङ