सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विद्यार्थीले फारम भर्न कठिनाइ भइरहेको गुनासो आएपछि परीक्षा सारेका हौं : रजिष्ट्रार बस्याल

विद्यार्थीले फारम भर्न कठिनाइ भइरहेको गुनासो आएपछि परीक्षा सारेका हौं : रजिष्ट्रार बस्याल

295
Shares
विद्यार्थीले फारम भर्न कठिनाइ भइरहेको गुनासो आएपछि परीक्षा सारेका हौं : रजिष्ट्रार बस्याल

काठमाडौं । मंगलबार त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २८ चैतदेखि सुरू हुन लागेको शिक्षाशास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको परीक्षा स्थगित गरेर १६ वैशाखदेखि सञ्चालन गर्ने सूचना जारी गरेको छ ।

यससँगै समयमा परीक्षा नभएको भन्दै त्रिभुभवन विश्वविद्यालयको चौतर्फी आलोचना भईरहेको छ ।

निमित्त रजिष्ट्रार डा. कृष्णप्रसाद बस्यालले अनलाइनमार्फत परीक्षा फारम भर्ने व्यवस्था गरिएको तर विविध कारणले विद्यार्थीले फारम भर्न कठिनाइ भइरहेको गुनासो आएपछि परीक्षा सार्नुपरेको बताएका छन् ।

बस्यालले भने ‘विद्यार्थीको परीक्षा फारम अनलाइनमार्फत भर्नुपर्ने व्यवस्था गरेका छौं । तर प्राविधिक समस्याका कारण फारम भर्न समस्या भइरहेको विद्यार्थी तथा क्याम्पसहरूको गुनासो आइरहेकोले विद्यार्थीको सहजताको लागि परीक्षा सारेका हौं ।’

मंगलबार परीक्षा समितिको बैठक बसेर परीक्षा सार्ने निर्णय गरेको उनले बताए । १ लाख ७ हजार विद्यार्थीमध्ये मंगलबारसम्म करिब ६३ हजारले मात्रै परीक्षा फारम भरेको बस्यालले बताए ।

295
Shares

ट्रेन्डिङ