सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बन्दुकको छर्रा लागेर मृत्यु

बन्दुकको छर्रा लागेर मृत्यु

370
Shares
बन्दुकको छर्रा लागेर मृत्यु

काठमाडौं । बाँदर धपाउन एकनाले भरूवा बन्दुक पड्काउने क्रममा नाल फुटेर बारूदको छर्रा लाग्दा पाँचथरमा एकजनाले ज्यान गुमाएका छन् ।

जिल्लाको हिलिहाङ गाउँपालिका-४ सिबुवा बस्ने ५१ वर्षीय मनकुमार सिगुको आइतबार राति मृत्यु भएको छ ।

खेतबारीमा रोपिएको मकैबालीमा आउने बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मनकुमारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भरूवा बन्दुक नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

370
Shares

ट्रेन्डिङ