सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • श्री एयरको विमान चरासँग ठोक्कियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

श्री एयरको विमान चरासँग ठोक्कियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

1860
Shares
श्री एयरको विमान चरासँग ठोक्कियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । श्री एयरलाइन्सको विमानले चरालाई ठक्कर दिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बन्द भएको छ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको श्रीको विमानले चरालाई ठक्कर दिएसँगै विमानस्थल बन्द गरिएको हो ।

विमानस्थल बन्द गरेर धावन मार्गमा चराको खोजि भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

श्रीको विमान भने सकुशल अवतरण भएको छ र यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार १० मिनेटका लागि विमानस्थलको धावनमार्ग बन्द गरिएको हो।

1860
Shares

ट्रेन्डिङ