सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • गुगलले नेपालमा सरभर स्तराेन्नति नगर्दा प्रयोगकर्तालाई सास्ती

गुगलले नेपालमा सरभर स्तराेन्नति नगर्दा प्रयोगकर्तालाई सास्ती

5740
Shares
गुगलले नेपालमा सरभर स्तराेन्नति नगर्दा प्रयोगकर्तालाई सास्ती

काठमाडौं । गुगलले नेपालमा रहेको सरभर स्तराेन्नति (अपडेट) नगरेका कारण नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगल का एप्लिकेसन्स जिमेल , यूट्युब ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य भएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले विगत केही हप्ता देखि गरेको खोजिबाट सो कुराको पत्ता लागाएको हो ।
गुगलले ४ बर्ष देखि नेपालका स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्नो सरभर राखेको थियो । गुगलले आफ्नो एप्लिकेसन्सको क्षमता सुधारका लागि सो सरभर राखेको हो । तर पछिल्लो समय गुगल आफैले आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ ।
सोहि कारण गुगलले यहाँका कम्पनीहरुमा रहेको सरभरलाई स्तराेन्नति गरेको छैन । त्यसैले इन्टरनेटको बढी प्रयोग हुने समय (वेलुका) मा सरभरको क्षमता अपुग भएको छ । इनटरनेट सेवा प्रदायक कम्पनीहरुले गुगललाई बारम्बार अनुरोध गरेपनि सरभर स्तरउन्नोति गरेको छैन भने गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरेको छ ।
बिहिबार आएस्पानले एक विज्ञाप्ति जारि गर्दै गुगलले सरभरको स्तरउन्नोति नगरेसम्म प्रयोगकर्ताहरुले भोग्नु परेको असुविधा प्रति क्षमा मागेको छ । हाम्रो कुरा बाट

5740
Shares

ट्रेन्डिङ