सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • तातोपानीमा डुबेकी बालिकालाई १ लाख २१ हजार सहयोग

तातोपानीमा डुबेकी बालिकालाई १ लाख २१ हजार सहयोग

5160
Shares
तातोपानीमा डुबेकी बालिकालाई १ लाख २१ हजार सहयोग

काभ्रे, २८ असार (इन्द्र बहादुर थापा)। तातो पानीले पोलेको उपचाररत महाभारत–८, घर्तिछाप मैना डाँडाकी साँढे दुई वर्षिया अस्मिता मोक्तानलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा रहेका घर्तिछापवासीहरुले संकलन गरेको रकम १ लाख २१ हजार ३ सय रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराएका छन् ।
आर्थिक अवस्था निकै कमजोर रहेका पिडीतका बाबु देवराज मोक्तानलाई संकलित सहयोग रकम उनी उपचाररत किर्तिपुर अस्पतालमा नै पुगेर अस्मिता बचाउ अभियानका संयोजक अमर मगर (रिजन) ले हस्तान्तरण गरेका हुन् ।

सहयोग गरिएको उक्त रकम घर्तिछाप स्थायी घर भै भारतमा रोजगारीमा रहेका बिरू मगर (बिछोड)ले व्यक्ति गत सहयोग रु.५० हजार रुपैयाँ र मलेसियामा रहेका घर्तिछाप कै दुर्गा तामाङले संकलन गरेको ७१ हजर तीन सय रुपैयाँ अभियानका संयोजक मगरले हस्तान्तरण गरेका थिए । यस अघि नै अस्मिता बचाउ अभियानका संयोजक अमर मगर ( रिजन) ले व्यक्तिगतरुपमा ५००० हजार सहयोग गरेका थिए ।
देवराज तथा निरुता मोक्तानका छोरी साँढे दुई वर्षिय अस्मिता असार ११ गते खेल्ने क्रममा तातीरहेको पानीमा डुब्न पुगेकी थिइन् । असार १२ गते देखि किर्तिपुर अस्पतालमा उपचार गराइरहेका छन् । हालसम्म साँढे दुई लाख उपचारमा खर्च र्भसकेको बाबु देवराजले बताए । महँगो उपचार खर्च थेग्न गाह्रो भए पछि उनले सहयोगको लागि हात फैलाएको देवराजले बताए । हालसम्म साथिभाइहरुले २५ हजार र पछिल्लो सहयोग १ लाख २१ हजार ३ सय सहयोग आफूले पाएको बताए ।
दिन कै औषधिहरुमा मात्र २५ हजारको हाराहारीमा खर्च भैरहेको र प्रत्येक पाँच दिनमा अपरेशन गर्दा ३७ हजार खर्च गर्दै आएको बताउने देवराज महँगो उपचारखर्च धान्न धौ धौ भएकोले सहयोगी हातहरुलाई सहयोगको याचना गर्दछन् । उनी भन्छन्–‘सहयोगी हातहरुको सहयोग बिना छोरीको उपचार गर्न सक्दिन । त्यसैले छारीको ज्यान बचाइदिनको लागि सबैमा अनुरोध गर्न चाहन्छु ।’ सामान्य खेती किसानी गरेर जिविकोपार्जन गरिरहेका उनलाई सहयोग जुटाउन अस्मिता बचाउ अभियान चलाइएको संयोजक अमरले बताए ।

5160
Shares

ट्रेन्डिङ