सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जिसस काभ्रेको निर्वाचन आज: गठबन्धन र एमाले भिड्दै

जिसस काभ्रेको निर्वाचन आज: गठबन्धन र एमाले भिड्दै

11605
Shares
जिसस काभ्रेको निर्वाचन आज: गठबन्धन र एमाले भिड्दै

काभ्रे : जिल्ला समन्वय समिति काभ्रेले आज नयाँ नेतृत्व पाउँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदानको लागि समय तालिका प्रशासन गरिसकेको छ । विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

जिससमा गठबन्धन र एमाले प्रतिस्पर्धामा छन । गठबन्धनबाट जिसस प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिब दिपक गौतमको उम्मेदवारी दर्ता भएको छ । उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रिम बहादुर तामाङले उम्मेदवारी दर्ता गराउनु भएको छ । तामाङ रोशी गाउँपालिका वडा नम्बर ६ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उपप्रमुख सहित ५ सदस्य नेपाली कांग्रेसले पाएको छ । नेपाली कांग्रेसबाट पाँचखालका चण्डिका मिजार, पाँचखालका निर बहादुर लामा, मण्डनदेउपुरका मंगल बहादुर लामा र पाँचखालका अप्सरा सिपखानले जिसस सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

गठबन्धनबाट माओवादी केन्द्रले ३ वटा सदस्य पाएको छ । माओवादी केन्द्रबाट भुम्लुका कमलराज गिरी, तेमालका रस्मिता भण्डारी र मण्डनदेउपुरका कृष्ण कुमारी राईले उम्मेदवारी दर्ता गराउनु भएको छ । गठबन्धनसंग २२ मत रहेको छ । प्रमुख, उपप्रमुख र कांग्रेसबाट सिफारिस सदस्यहरूले मनोनयन दर्ता गरिरहेका छन ।

एमालेबाट जिसस प्रमुखमा कमला भट्टराई (काफ्ले) ले जिम्मेवार दर्ता गराउनुभएको छ । भट्टराई एमाले धुलिखेल नगर कमिटी ईन्चार्ज हुन भने धुलिखेल नगरपालिका वडा नम्बर १२ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

एमालेबाट उपप्रमुखमा राजेन्द्र केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ । केसी पनौती नगरपालिका वडा नम्बर ८ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

एमालेबाट धुलिखेलका प्रमिला कामी, बनेपाका मन मिजार, नमोबुद्धका रुपा प्याकुरेल, पाँचखालका रोजिना तामाङ, पनौतीका प्रकाश बञ्जारा, पाँचखालका बुद्धि लाल श्रेष्ठ र बनेपाका सागर मानन्धर रहनु भएको छ । एमालेसंग मात्रै चार मत रहेको छ । धुलिखेलको नगरप्रमुख, बनेपा, पनौती र पाँचखाल नगरपालिकाको उपप्रमुख एमालेले जितेको छ ।

11605
Shares

ट्रेन्डिङ