सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बिहे घरमा आगलागी , लाखको क्षति २ जना घाइते

बिहे घरमा आगलागी , लाखको क्षति २ जना घाइते

275
Shares
बिहे घरमा आगलागी , लाखको क्षति २ जना घाइते

सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको एक बिहे घरमा आगलागी भएको छ ।

आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट २ जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी भएको हो ।

आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा ६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

 घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित २ जना घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मंगलको दाहिने हात जलेको छ ।

उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

275
Shares

ट्रेन्डिङ