सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एक वर्षमा १६ लाखभन्दा बढी नेपालीले छोडे देश

एक वर्षमा १६ लाखभन्दा बढी नेपालीले छोडे देश

660
Shares
एक वर्षमा १६ लाखभन्दा बढी नेपालीले  छोडे देश

काठमाडौं । सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेको अध्यागमन विभागले जनाएको छ । 

अध्यागमन विभागले सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट बाहिरिएका नेपालीहरुको तथ्यांक सोमबार सार्वजनिक गरेको हो । रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका लागि नेपालबाट बाहिरिएकाहरुको संख्यात्मक विवरण छ ।

तीमध्ये स्थायी बसोबासका लागि ७० हजार ९१५ जनाले नेपाल छाडेका छन् । ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला छन् । यसैगरी अस्थायी बसोबासका लागि ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन् । जसमा ५१ हजार ८७६ र ४० हजार ४६८ जना महिला छन् ।

यस्तै ७० हजार जनाले स्थायी रुपमा विदेश बस्ने गरी देश छाडेका छन् ।

660
Shares

ट्रेन्डिङ