सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  •  ५ वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ

 ५ वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ

275
Shares
 ५ वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ

 सिरहा । सिरहामा ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् ।

सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने साहले ५ वर्षीय छोरा आयुष साहको हत्या गरेर उनले सुत्ने पलंगमा लुकाएकी थिइन् ।

 प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा आमा सरीता सुत्ने कोठामा रहेको बक्स पलङको घर्राभित्र मृत अवस्थामा छोरा आयुष फेला परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए ।

आमा सरीतालाई सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७  दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

275
Shares

ट्रेन्डिङ