सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • दोस्रो चरणको चुनाव जेठ ३१ मा हुँदैन,जेठ १५ भित्रै गर्नुपर्छ : एमाले

दोस्रो चरणको चुनाव जेठ ३१ मा हुँदैन,जेठ १५ भित्रै गर्नुपर्छ : एमाले

4200
Shares
दोस्रो चरणको चुनाव जेठ ३१ मा हुँदैन,जेठ १५ भित्रै गर्नुपर्छ : एमाले

काठमाडौ :प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुन नसक्ने तथ्य र तर्क निर्वाचन आयोगलाई जानकारी गराएको छ । दोस्रो चरणको निर्वाचन जेठ १५ गते बजेट ल्याउनु भन्दा अगाडि नै गर्ने व्यवस्था गर्न आयोगको ध्यानाकर्षण गराएको हो । एमालेले जेठ ३१ गते इश्लाम धर्मालम्बीहरुको पवित्र दिन रमजान परेको तथ्य निर्वाचन आयोगलाई स्मरण गराएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने घोषणा गरेको छ ।
‘उक्त दिन ईश्लाम धर्मालम्बीहरुको महान पर्व एवं पवित्र दिन रमजानको दिन हो भन्ने कुरालाई सामान्य रुपमा हेक्का समेत नराखी निर्वाचन मिति तोकिनु विडम्बनापूर्ण छ’ एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगलाई बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ ‘दोस्रो चरणको निर्वाचनको दिन भनी तोकिएको उक्त दिन उल्लेखित कारणले समेत निर्वाचन हुन नसक्ने कुरा तर्फ त्यस आयोगको ध्यानाकर्षण गराउँदछौ ।’
संविधानको धारा ११९ को उपधारा (३) ले आर्थिक वर्षको राजश्व र यसकोे अनुमान प्रत्येक वर्ष जेष्ठ १५ गते संघिय संसदमा पेश गर्ने व्यवस्था गरेको छ । ‘संविधानले गरेको यो सुनिश्चित र प्रष्ट व्यवस्था हो । हाम्रो संवैधानिक व्यवस्थाको सन्दर्भमा नविनतम एवं प्रयोगमा आईसकेको व्यवस्था समेत हो । यसलाई वेवास्ता गर्ने, पालना नगर्ने वा अन्यथा गर्ने छुट हामी कसैलाई नभएको व्यहोरा समेत स्पष्ट छ’ ध्यानाकर्षणपत्रमा भनिएको छ‘त्यसैले दुई चरणको निर्वाचनका नाममा उल्लेखित संवैधानिक वाध्यात्मक व्यवस्थालाई देखाएर न त सरकारले संसद समक्ष नीति तथा कार्यक्रम र बजेटको प्रस्तुतिलाई टार्न मिल्दछ, न त बजेटका माध्यमबाट मतदातालाई प्रभावित गरेर निर्वाचनको निष्पक्षतामाथि नै आँच पु¥याउन मिल्दछ । तसर्थ संविधानको उल्लेखित एवं प्रष्ट व्यवस्थालाई मध्यनजर गर्दै २०७४ साल जेष्ठ १५ गते अगावै निर्वाचन सम्पन्न गर्ने उपयुक्त व्यवस्थाका सन्दर्भमा नेपाल सरकारलाई स्पष्ट परामर्श गर्न आयोगको ध्यानाकर्षण गराउँदछौ ।’

4200
Shares

ट्रेन्डिङ