सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • नेपाल टेलिभिजनको महाप्रबन्धकमा रोका नियुक्त

नेपाल टेलिभिजनको महाप्रबन्धकमा रोका नियुक्त

3065
Shares
नेपाल टेलिभिजनको महाप्रबन्धकमा रोका नियुक्त

सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा वरिष्ठ पत्रकार गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिनुभयो ।
माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका निर्वाह गर्नुभएका रोका शान्ति प्रक्रिया सुरु भएपछि नेपाल एफएममा समाचार प्रमुख भएर काम गर्नुभएको थियो ।
विसं २०५४ सालदेखि विभिन्न सञ्चार माध्यममा सम्बाददाताको रुपमा कार्य गर्नुभएका उहाँले २०६३ सालमा रेडियो नेपालको समाचारमूलक कार्यक्रम घटना र विचारको संयोजक भएर काम गर्नुभएको थियो ।
नेपाल एफएममा समाचार प्रमुखको रुपमा पाँच वर्ष सेवा गर्नुभएका रोकाले मैत्री एफएममा प्रबन्ध निर्देशक भएर काम गर्नुभयो भने रेडियो रानी भेरी एफमको अध्यक्ष भई २०५७ देखि हालसम्म सेवा पु¥याउनु भएको छ । यस्तै प्रदेश एफम एम सुर्खेतको अध्यक्ष, एबिसी टेलिभिजनमा समाचार सम्पादकको रुपमा काम गर्नुभएको छ ।
प्रसारण पत्रकारितामा स्तातकोत्तर उत्र्तीण रोका सञ्चार क्षेत्रमा स्थापित व्यक्तित्व हुनुहुन्छ । रासस

3065
Shares

ट्रेन्डिङ