सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ट्याक्टरले किचेर एक जनाको मृत्यु

ट्याक्टरले किचेर एक जनाको मृत्यु

270
Shares
ट्याक्टरले किचेर एक जनाको मृत्यु

खोटाङ । खोटाङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेलको ट्याक्टरले किचेर बुधबार साँझ मृत्यु भएको हो ।

बालुवा ल्याएर आउँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा मलामी गएर फर्किएका पोखरेल पनि चढेका थिए । सुरुमा अगाडिको भागमा चडेका पोखरेल बीच बाटोबाट ट्याक्टरको पछाडिको डालामा चढेका थिए । पोखरेलको घर नजिक पुगेर झर्ने क्रममा उनलाई ट्याक्टरले किचेको थियो ।

दिउँसो ३ बजे ट्याक्टरले किचेर घाइते भएका पोखरेललाई उपचारका लागि एम्बुलेन्समा ऐंसेलुखर्क प्राथमिक उपचार केन्द्र लगिएको थियो । अस्पताल पुगेको केही समयपछि पोखरेलको मृत्यु भएको बताइएको छ ।

ट्याक्टरका चालक रावा बेसी गाउँपालिका–१ कुभिण्डेका प्रकाश बिशंखे र सहचालक ज्यामिरेका पेसल राई पक्राउ परेका छन् ।

270
Shares

ट्रेन्डिङ