सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • पूर्वसांसद ढुङ्गेलको अन्तिम दाहसंस्कार

पूर्वसांसद ढुङ्गेलको अन्तिम दाहसंस्कार

5870
Shares
पूर्वसांसद ढुङ्गेलको अन्तिम दाहसंस्कार

नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्वसांसद रामहरि ढुङ्गेलको आज पशुपति आर्यघाटमा अन्तिम दाहसंकार गरिएको छ ।
ढुङ्गेलको पार्थिव शरीरलाई उहाँका साहिला भाई विष्णुप्रसाद ढुङ्गेलले दागबत्ती दिनुभएको काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्व ढुङ्गेलको शव शिक्षण अस्पतालमा परीक्षण गरी दिउँसो ३ः०० बजेदेखि ४ः३० बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
त्यहाँ पार्टी सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतले पार्टीको चारतारे झन्डा ओडाएर सम्मान गर्नुभएको थियो । उहाँप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला लगायतका नेता आर्यघाट पुग्नुभएको थियो ।
राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा ढुङ्गेलको गएराती निधन भएको थियो । पूर्वकृषिसहायकमन्त्रीसमेत रहनुभएका ५८ वर्षीय ढुङ्गेल अविवाहित हुनुहुन्थ्यो । उहाँ २०५६ को आम निर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । रासस

5870
Shares

ट्रेन्डिङ