सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको बनेपामा एकैपटक ५० वेडको आइसोलेसन सञ्चालनमा आउने अन्तिम तयारीमा

काभ्रेको बनेपामा एकैपटक ५० वेडको आइसोलेसन सञ्चालनमा आउने अन्तिम तयारीमा

6170
Shares
काभ्रेको बनेपामा एकैपटक ५० वेडको आइसोलेसन सञ्चालनमा आउने अन्तिम तयारीमा

धुलिखेल, ३२ साउनः काभ्रेमा सरकारी आइसोलेसन वेड चरम अभाव भइरहेको बेला बनेपाबाट कोरोना संक्रमितका लागि खुशी खबर प्राप्त भएको छ । नगरपालिकाले पोलिटेक्निक इन्सिच्यूटको भवनमा एकैपटक ५० वेडको आइसोलेसन सञ्चालनमा ल्याउन लागेको हो ।

हाल जिल्लामा ३९ वटा मात्रै आइसोलेसन वेड छन् । जुन संक्रमितको संख्या भन्दा थोरै हो । जिल्लामा हाल संक्रमितकाे संख्या ७६ पुगेकाे छ । एक जनाकाे मृत्यु भइसकेकाे छ । वेड अभाव भएपछि बनेपाका ४ जना होम आइसोलेसनमा बसिरहेका छन् । होम आइसोलेसनमा बस्दा संक्रमित ब्यक्ति अनुशासित नभएको अवस्थामा घरपरिवार नै संक्रमित हुन सक्ने चिन्ताका माझ बनेपामा ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइनुलाई महत्वका साथ हेरिएको छ ।

सञ्चालनका अन्तिम तयारीमा रहेको आइसोलेसन वेडको आज प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कमाण्ड पोष्ट अन्तर्गतको अनुगमन टोली निरीक्षण गरेको छ । शीर मेमोरियल अस्पतालका चिकित्सिकको निगरानीमा आइसोलेसन नगरपालिकाले तयार गरेको हो ।

हाल जिल्लामा ३९ ओटा आईसोलेसन बेड रहेको स्वास्थ्य कार्यालय काभ्रका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसारधुलिखेल अस्पतालमा १५, बनेपामा ५, पाँचखालमा ७ नमोबुद्धमा ६ र पनौतीमा ६ ओटा आईसोलेसन बेड रहेको छ ।

6170
Shares

ट्रेन्डिङ