यौन व्यवसाय चलाएको अभियोगमा काभ्रेका एक सहित ७ जना पक्राउ
ललितपुर महानगरपालिका–३ कान्तिपुर हाइटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रूपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका–६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बूढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका […]