सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एमालेको खेलकुद महासंघ काभ्रेले कुन पालिकामा को-को तोक्यो संयोजक र सचिव ?

एमालेको खेलकुद महासंघ काभ्रेले कुन पालिकामा को-को तोक्यो संयोजक र सचिव ?

5285
Shares
एमालेको खेलकुद महासंघ काभ्रेले कुन पालिकामा को-को तोक्यो संयोजक र सचिव ?

एमाले काभ्रेले नेपाल खेलकुद महासंघको जिल्ला कमिटीलाई पूर्णता दिएको छ । आज बनेपामा पार्टी ईन्चार्ज गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा भएको भेलाले नवराज मानन्धर अध्यक्ष रहेको ९९ जनाको जिल्ला कमिटी गठन गरेको हो ।

भेलाले काभ्रेको १३ वटा स्थानीय तहमा नेपाल खेलकुद महासंघको संयोजक र सचिवले तोकेको छ ।महासंघले बनेपा नगरपालिकामा संयोजकमा बिक्रम प्रजापति र सचिव अनिष मानन्धर रहेका छन् ।

पनौती नगरपालिकामा संयोजक रुपकराज ताम्राकार संयोजक र सचिवमा बिजेश लामा, धुलिखेल नगरपालिकामा संयोजक ओम गोपाल जनेजु र सचिव कृष्ण थापा मगर, नमोबुद्ध नगरपालिकामा संयोजक प्रदिप भण्डारी र सचिव अनिश सत्याल रहेका छन् ।

मण्डनदेउपुर नगरपालिकामा संयोजक सुमन श्रेष्ठ र सचिव लक्ष्मण तामाङ, पाँचखाल नगरपालिकामा संयोजक सुनिल बजगाई र सचिव कुमार श्रेष्ठ, चौरीदेउराली गाउँपालिकामा संयोजक सागर गौतम र सचिव जीवन चौलागाईं, महाभारत गाउँपालिकामा संयोजक रबिन्द्र दुलाल र सचिव सुधन मोक्तान छन् ।

खानीखोला गाउँपालिकामा संयोजक उमेश राणा र सचिव योगेश तिमल्सिना, रोशी गाउँपालिकामा संयोजक बिनोद कुमार तामाङ र सचिव आशिष लामा छन् । भुम्लु गाउँपालिका र तेमाल गाउँपालिकाको संयोजक र सचिव पछि चयन गर्ने नेपाल खेलकुद महासंघका अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।

5285
Shares

ट्रेन्डिङ