मंसिर २७ देखि सुर्तीजन्य पदार्थ निषेध
काठमाडौं | काठमाडौं महानगरपालिकाले प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ । सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा समेत पूर्णतया रोक लगाइएको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिएका छन् । काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले मंगलबार सार्वजनिक आह्वान जारी गर्दै अबको १५ दिनपछि लागु हुने गरी आफ्नो क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, […]