सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

940
Shares
२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

काभ्रे | “स्वास्थ्य क्षेत्रमा दीगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास” भन्ने मूल नाराका साथ बनेपा नगरपालिकाले आज एक कार्यक्रमका बीच २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनायको छ ।

दिवसका अवसरमा हाजिरी जबाफ प्रतियोगिताको आयोजना गरिएको थियो। प्रतियोगितामा पुरस्कृत हुने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई ,बनेपा नगरपालिका वडा नम्बर १०का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, जिल्ला स्वास्थ्य कार्यालयकि प्रमुख अनिता खनाल,बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतोबाट पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयकि प्रमुख अनिता खनाललाई स्वागत समेत गरिएको थियो। कार्यक्रममा ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई विदाई गरिनुका साथै नयाँ स्वास्थ्य स्वयंसेविकालाई स्वागत गरिएको थियो। कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुले काम गर्दाका दौरानका आफ्ना सुख दुख साटेका थिए।

940
Shares

ट्रेन्डिङ