सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ॐ अच्यूतानन्दको भजन ‘दुर्गा’ सार्वजनिक

ॐ अच्यूतानन्दको भजन ‘दुर्गा’ सार्वजनिक

2295
Shares
ॐ अच्यूतानन्दको भजन ‘दुर्गा’ सार्वजनिक

काभ्रे । ॐ अच्यूतानन्द ज्योतिष बैद्यराज राजु पोखरेलको भजन “दुर्गा” सार्वजनीक भएको छ । “दुर्गा” भजनमा शब्द, स्वर स्वंय ॐ अच्युतानन्दको रहेको छ भने संगीत संयोजन बालकृष्ण सेवाचार्यले गरेका छन् ।

सेवाचार्य चर्चित म्युजिक एरेन्जर हुन । उनले यसअघि धेरै चर्चित गितहरुमा संगीत संयोजनको काम गरिसकेका छन् । एकदमै फरक र अत्यन्त उर्जाशील संगित संयोजन रहेको भजनको निर्माता भावना थापा रहेकी छिन् भने भजनको भिडियो “Flutter Studio” बाट निर्माण गरिएको हो ।

भजनमा आवाज र अभिनय उत्कृष्ट देखिन्छ भने भिडियोमा शब्द र अभिनय अनुसारको एनिमेशनहरु देख्न सकिन्छ । युटुवमा अच्यूतानन्द च्यानलबाट सार्वजनिक गरिएको भजनले सार्वजनिक भएको केहि दिनमा नै भिउज र राम्रो प्रतिक्रिया पाएको छ ।

भजनमा स्वर दिएका ॐ अच्यूतानन्द ज्योतिष बैद्यराज राजु पोखरेलले ७ वर्ष अघि जय काली नामक भजन बजारमा ल्याएका थिए । ८ मिनेट ५० सेकेन्डको दुर्गा भजन काभ्रे लगाएत नेपालका विभिन्न मठ मन्दिरहरुमा गरिने दुर्गाको पुजा र आराधनाका बारेमा ब्याख्या गरिएको छ ।

‘दोश्रो पटक आफ्नै प्रयासमा बजारमा ल्याईएको दुर्गा नामक भजनले दुर्गा माताको स्वत कृपा श्रवण र दर्शनबाट मिल्नेछ ।’ ॐ अच्यूतानन्दले सबैको समाचारलाई बताए ।

ॐ अच्यूतानन्दले भक्तजनहरुलाई भजन सुनेर सल्लाह सुझाव र प्रतिकृया दिन भक्तजनहरुमाझ अनुरोध गरेका छन् । उनले भजन तयार गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णमा आभार समेत प्रकट गरेका छन् ।

2295
Shares

ट्रेन्डिङ