सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • चिसोले छाला सुख्खा भएर हैरान हुनुनुन्छ ? अपनाउनुहोस यि उपाय

चिसोले छाला सुख्खा भएर हैरान हुनुनुन्छ ? अपनाउनुहोस यि उपाय

820
Shares
चिसोले छाला सुख्खा भएर हैरान हुनुनुन्छ ? अपनाउनुहोस यि उपाय

दशैं तिहार सकिएसँगै जाडो सुरु हुन्छ । जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो । जाडो याम छालाको लागि त्यति अनुकुल मानिदैन ।

जाडो मौसममा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ । जाडोमा बाह्य वातावरण छालाका लागि प्रतिकूल मानिन्छ। ४० वर्ष नाघेका व्यक्तिमा सुख्खापना वृद्धि हँुदै जान्छ। छाला फुस्रो हुने, अनुहारमा चाउरीपना आउने हुन्छ।

छाला कसरी सुख्खा हुन्छ ?

जाडो सुरु भएको थाहा सबैभन्दा पहिला ओठ सुख्खा हुने समस्याबाट हुने गर्छ । जब हाम्रो शरीरको छाला सुख्खा हुन्छ तब छालासम्बन्धी रोगहरू बल्झिएर आउँछन् ।  पानी कम खानुका साथै सुक्खा हावाका कारण जाडोमा छाला खस्रो हुने तथा फुट्ने गर्छ । जाडो मौसममा हावाले शरीरमा भएको पानी चाँडै सोस्ने भएकोले छाला सुख्खा बनाउँछ ।

नेपालमा परिवर्तन भइरहने सिजनका कारण छालाका समस्या बढ्नु स्वभाविक पनि हो । एउटा सिजनमा छाला एड्जस्ट हुन नपाउँदै अर्को सिजन सुरु भइदिन्छ जसले छालालाई सीधा असर गर्छ । 

छालालाई सुख्खा हुनबाट कसरी जोगाउने 

१. सर्वप्रथम खानपानमा विशेष ध्यान दिनुहोस् । हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुख्खा छालाको समस्या समाधान हुन्छ । 

२. धेरै तातो पानीले सावरबाट सीधै ननुहाउहोस् । एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन राखेर नुहाउने गर्नाले छाला सुख्खा हुन पाउँदैन । नुनमा हुने सोडियम क्लोराइडले पानीको ताजापनलाई जोगाउन सहयोग गर्छ ।

३. कडा खालको साबुनको प्रयोग नगर्नुहोस् । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा  सावर जेलको प्रयोग गर्नुहोस् ।

४. जाडो मौसममा छालालाई खस्रो हुनबाट जोगाउन दिनहुँ मोइस्चराइजर क्रिमको प्रयोग उपयुक्त मानिन्छ । यो क्रिममा तेलको मात्रा बढी हुने भएकोले छालालाई नरम बनाउँछ । मोइस्चराइजर बिहान मुख धोएपछि लगाउनु उचित हुन्छ । यसका साथै राति सुत्नुभन्दा अगाडि लगाएमा पनि लाभदायक हुन्छ ।

५. नुहउना साथै तेल अथवा मोइस्चराइजर लगाइहाल्ने । बाथरुममै तेल वा मोइस्चराइजर राख्ने बानी गर्नुस् र टाबेलले शरीर पुच्नेवित्तिकै लगाउनुस् । तेल वा मोइस्चराइजरले शरीरको हिटलाई कन्ट्रोल गरिदिन्छ, जसले गर्दा छाला सुख्खा हुन पाउँदैन ।

६. एसी, हिटरको प्रयोग धेरै नगर्नुहोस् ।

७. यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्छ ।

820
Shares

ट्रेन्डिङ