सरकारी पदाधिकारीका छोराछोरीलाई सामुदायिक विद्यालय पढाउन माग
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सांसदहरुले सामुदायिक विद्यालयमा मागअनुसार दरबन्दीको व्यवस्था नहुँदा शैक्षिक गुणस्तर कमजोर भएको बताएका छन् । आइतबार विद्यालय शिक्षासम्बन्धी विधेयकको सैद्धान्तिक छलफलमा सहभागी समितिका सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकलाई राज्यले विशेष प्रोत्साहन गर्नुपर्ने बताएका हुन् । सांसदहरूले मन्त्री, सांसद, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षकका छोराछोरीसमेत सार्वजनिक विद्यालयमा पठनपाठन गराउने […]