सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • काभ्रेको पाँचखालमा गाई काटेर बेचेको आरोपमा ३ जना पक्राउ

काभ्रेको पाँचखालमा गाई काटेर बेचेको आरोपमा ३ जना पक्राउ

3345
Shares
काभ्रेको पाँचखालमा गाई काटेर बेचेको आरोपमा ३ जना पक्राउ

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका वडा न १ घुमाउने चौरमा गाई काटेर मासु विक्री गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पाँचखालबाट खटिएको संयुक्त टोलिले आइतबार ८५ के.जि. गाईको मासु सहित ३ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पाँचखाल न.पा. १ बस्ने कृष्ण ब. तामाङको छोरा बर्ष ३४ को मिन ब. तामाङ, सोहि वडा बस्ने मिन ब. तामाङ को छोरा बर्ष ३० को सन्त ब. तामाङ र सिन्धुलि जिल्ला घ्याङलेक गा.पा. २ बस्ने बर्ष २७ को अर्जुन लामा थिङ रहेका छन् ।

निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बनेपाले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी राज कुमार श्रेष्ठले जानकारी दिएका छन्।

3345
Shares

ट्रेन्डिङ