सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा सुतिरहेकै अवस्थामा श्रीमानको मृत्यु, श्रीमती बेहोस

काभ्रेमा सुतिरहेकै अवस्थामा श्रीमानको मृत्यु, श्रीमती बेहोस

1620
Shares
काभ्रेमा सुतिरहेकै अवस्थामा श्रीमानको मृत्यु, श्रीमती बेहोस

काभ्रे । काभ्रेको नमोबुद्धमा संगै सुतेका श्रीमानको मृत्यु भएको छ भने श्रीमती बेहोस भएकी छन् । नमोबुद्ध नगरपालिका वडा नं १ का कर्म ग्याल्बो लामाको निधन भएको छ ।

ग्याल्बो नमोबुद्ध नगरपालिका वडा नं १ का पुर्व वडा अध्यक्ष हुन् । राती खाना खाएर सुतेका ग्याल्बो र उनकी श्रीमती अन्दाजी ८१ वर्षया असनी लामा बिहान अबेर सम्म पनि नउठेपछि छोरा बुहारीले ढोका खोली हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । तत्कालै उनीहरुलाई उपचारको लागी धुलिखेल अस्पताल ल्याइएको थियो ।

ग्याल्बोको उपचारको क्रममा धुलिखेल अस्पतालमा बिहान ९ बजेर २० मिनेट जाँदा मृत्यु भएको हो । उनकी श्रीमती असनीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनको होस खुलेको छैन ।

प्रहरीका अनुसार उनीहरु हिटर र फलामको कराइमा आगो बालेर सुतेका थिए । धुवाँले निसास्यिर उनीहरु बेहोस भएको हुनसक्ने अनुमान गरिएको छ । ग्याल्बो २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

1620
Shares

ट्रेन्डिङ