सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाघको आक्रमणबाट १ जनाको ज्यान गयो

बाघको आक्रमणबाट १ जनाको ज्यान गयो

540
Shares
बाघको आक्रमणबाट १ जनाको ज्यान गयो

काठमाण्डौ | बाघको आक्रमणबाट पर्सामा एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको ज्यान गएको प्रहरीले जनाएको छ ।

घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज सोमवार बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराज केसरीले जानकारी दिनुभयो ।

धाँगडको शव परीक्षणका लागि वीरगञ्जमा रहेको नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

540
Shares

ट्रेन्डिङ