नमोबुद्धमा आगलागी नियन्त्रणबारे तीन दिने तालिम सम्पन्न
काभ्रे : आगलागीबाट बर्सेनी हुने गरेको क्षति न्यूनिकरणका लागि अग्नि नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम मंगलबार भकुण्डेबेशीमा सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा भएको तालिममा नगरपालिकामा कार्यरत नगर प्रहरी तथा सवारीचालक १५ जना, नेपाली सेनाबाट १५ जना तथा जिल्ला वन कार्यालयबाट खटिएका अग्नि नियन्त्रक ५ जना गरी ३५ जनाको सहभागिता रहेको थियो […]