सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राष्ट्रिय युवा संघ काभ्रेको संयोजकमा सागर रायमाझी

राष्ट्रिय युवा संघ काभ्रेको संयोजकमा सागर रायमाझी

7695
Shares
राष्ट्रिय युवा संघ काभ्रेको संयोजकमा सागर रायमाझी

नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपाल काभ्रेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाले जिल्ला संयोजकमा सागर रायमाझीलाई चयन गरेको छ । एमाले पार्टी जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा भएको भेलाले सायमाझीलाई संयोजकमा चयन गरेको हो । भेलाले सहसंयोजकमा सौगात बस्नेतलाई चयन गरेको छ ।

बैठकलाई पार्टी केन्द्रीय कमिटी सदस्य रेशम लामा र राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटी उपाध्यक्ष अमित लामाले सम्बोधन गर्नुभएको थियो । बैठकले राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटीमा सदस्य समेत थप गरेको छ । त्यस्तै अन्य विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरेको बताइएको छ ।

भेलाले युथ फोर्स बिभाग प्रमुख मिलन लामा, सङ्गठन बिभाग प्रमुख अनिस लामा, प्रचार बिभाग प्रमुख सि.बि.तामाङ, आर्थिक बिभाग प्रमुख रुपक जङ रायमाझी, कार्यालय बिभाग प्रमुख प्रताप लामा, महिला बिभाग प्रमुख गिता सिलवाल, स्वयंसेवक बिभाग प्रमुख बिष्णु प्रसाद चौलागाईं सचिब पामेल शाहीलाई तोकेको छ । यो संगै राष्ट्रिय युवा संघ नेपाल काभ्रेको जिल्ला कमिटीले पूर्णता पाएको छ । १७५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

भेलाले प्रतिनिधि सभा १ को संयोजक झलक लामा र सचिब सुरेन्द्र थिङ तोकेको छ । प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (१) को संयोजक अमित गौतम र (२) को संयोजक रमेश डिसी चयन गरिएको छ ।

प्रतिनिधि सभा २ को संयोजकमा इश्वर बल्लभ सापकोटा र सचिबमा विकास गौतम चयन हुनुभएको छ । प्रतिनिधि सभा २ अन्तर्गतको प्रदेश सभा (२) को संयोजक दिनेश लामा चयन हुनुभएको छ ।

भेलाले आगामी निर्वाचनमा काभ्रेको १३ वटै पालिकाहरुमा नेकपा एमालेका सबै उम्मेदवार बिजय गराउन विशेष अभियान टोलटोलमा चलाउने निर्णय गरेको छ । वडा र पालिका स्तरिय भेलाहरु गर्ने निर्णय भएको संयोजक रायमाझीले जानकारी दिनुभयो ।

7695
Shares

ट्रेन्डिङ