सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंकिङ कसुरको मुद्दामा फरार काभ्रेका थापा पक्राउ

बैंकिङ कसुरको मुद्दामा फरार काभ्रेका थापा पक्राउ

14155
Shares
बैंकिङ कसुरको मुद्दामा फरार काभ्रेका थापा पक्राउ

काभ्रे : बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक प्रतिवादीलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ । कैद तथा जरीवाना ठहर भई फरार रहेका धुलिखेल नगरपालिका ४ का ३२ वर्षिय भिमसेन थापालाई पक्राउ गरेको हो ।

२०७८ असोज ८ गते उच्च अदालत पाटनले उनलाई बैकिंङ कसुर शिर्षक मुद्दामा कैद तथा जरीवाना सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रे र मातहत प्रहरी कार्यालयबाट खटि गएको प्रहरी अधिकृत सहितको विशेष प्रहरी टोलिले खोजतलासको क्रममा उनलाई धुलिखेल ४ बाट पक्राउ गरि फैसला कार्यन्वयनको लागि जिल्ला अदालत काभ्रेमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई प्राथमिकतामा राखेको छ ।

14155
Shares

ट्रेन्डिङ